
काठमाण्डु, १९ माघ- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सरकार छाड्ने नछाड्ने भन्ने विषयमा चर्को विवाद भएको छ ।
विवादपछि सो पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ । बिहीबार साँझ बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दल बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो ।
लामिछानेले गृह मन्त्रालयको नेतृत्व नपाएको भन्दै सो पार्टीले सरकार छाड्ने चेतावनी दिएको थियो । रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउन माग गरिएको र दुई दिन फर्कने निर्णय गरिएको बताए ।
श्रोतका अनुसार बैठकमा सरकार छाड्नुपर्ने कारण र औचित्य पुष्टि गर्न कठिन हुने भन्दै बहुमत केन्द्रीय सदस्य र सांसद्हरुले सरकार छाड्ने निर्णयमा पुग्न नहुने धारणा राखेका थिए । महामन्त्री ढकालले आफूहरुको बैठक चल्र्द गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीले टेलिफोन गरी केही दिन फर्खिन आग्रह गरेकाले राजनीतिक संस्कार प्रदर्शन गर्दै सरकार छाड्न निर्णय नगरिएको बताए ।
बैठकले सत्तारुढ दलहरुको सहमतिमा गृह मन्त्रालय आफूहरुले पाउनुपर्ने भन्दै राजनीतिक इमान्दारिता र नैतिकता प्रदर्शन गर्न प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुलाई आग्रह गरे ।