सत्तारुढ दलका नेताहरुलाई रविको फोन: आज सरकार छाड्छौं होला

काठमाण्डु टुडे २०७९ माघ १९ गते १८:३६ मा प्रकाशित

काठमाण्डु,१९ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार छाड्ने सत्तारुढ दलका नेताहरुलाई सन्देश दिएका छन् ।

पार्टी केन्द्रीय समिति र सांसदीय दलको संयुक्त बैठक बस्नुअघि लामिछानेले सत्तारुढ दलका नेताहरुसँग सम्वाद गरेका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रविले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं भनेर आफूलाई पनि फोन गरेको पार्टीको बैठकमा बताएका छन ।

सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद खारेज गर्ने फैसला सुनाएको थियो । त्यही कारण उपप्रधान तथा गृहमन्त्री पद समेत गुमाएका उनले आइतबार नागरिकता लिए र पुनः मन्त्री बनाउन दबाव दिँदै आएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसमा सहमत नभएपछि रवि सरकारबाटै हट्ने तयारीमा रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us