चीनको कोइला खानीमा बाढी, ४ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ १९ गते १६:२५ मा प्रकाशित

एजेन्सी– चीनको उत्तरी भागमा रहेको शाङ्सी प्रान्तको एक कोइला खानीमा आएको बाढीको कारण फसेर चार जनाको ज्यान गएको छ ।

बाढीको कारण जानाको न्यान गएको प्रान्तीय आपत्कालीन व्यवस्थापन प्राधिकरणले बुधबार जानकारी दिएको छ । बाढी दुर्घटना शाङ्सीको जिनचेङ सहरमा अवस्थित शाङ्सी लनहुआ समूहको आबद्ध जुसान कोइला कम्पनीको जुसान खानीमा जनवरी २७ मा बिहान करिब ५ बजे भएको थियो ।

स्थानीय आपत्कालीन व्यवस्थापन प्राधिकरण र खानी सुरक्षा प्रशासनले बुधबार परिपत्र जारी गर्दै कोइला कम्पनीको उत्पादनमा कुनै समस्या आएमा सुधार गर्न र सुधार अवधिमा यसको सुरक्षा व्यवस्थापन सुदृढ गर्न निर्देशन दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us