
काठमाण्डु ,१८ माघ- जाजरकोटमा श्रीमतीले हत्या गरी शौचालयको खाडलमा फालेको श्रीमानको शव पाँच वर्षपछि भेटिएको छ।
जाजरकोटको भेरी नगरपालिका–६ सिस्नेका काले कामीलाई श्रीमती भद्रकला कामीले हत्या गरी शौचालयको खाडलमा फालेको खुलेको हो। २०७४ पुस ३० गते राती भद्रकलाले आफ्ना श्रीमानलाई निधारमा लाठीले हानेर हत्या गरेको खुलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
उक्त घटनामा उनका छोराहरू तुल्सीराम विक र गोविन्द विक पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। काले कामीको मृत्यु भएपछि भद्रकला र छोराहरूले सल्लाह गरी शौचालयको खाडलमा पुरेको अनुसन्धानबाट खुलेको छ।
यही माघ १७ गते यो विषयमा प्रहरीलाई गोप्य सूचना प्राप्त भयपछी जिल्लाबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेर शौचालयको खाडल खनेको थियो।खाडलमा पूरै दाँतसहितको प्रहरीले खप्पर, प्लाष्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र ती कपडाभित्र मानव हड्डी भेटिएको प्रहरीले बतायको छ।
घटनामा संलन भद्रकला, तुल्सीराम विकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याइएको छ। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ।