
काठमाण्डु,१८ माघ– सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर बिजोग भएको छ । हिजो मंगलबारदेखि बगेको फोहोर आज बुधबार बिहानसम्म सफा गरिएको छैन ।
ढलबाट निस्किएको फोहोरले बाटो हिलाम्य छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध भएको छ । यस्तै पैदल यात्री र सवारीसाधन चालकहरुले सास्ती व्यहोर्नु परेको छ ।
सिंहदरबार पूर्वी गेटमा मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा समेत सरकार बेखबर छ । हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनै पनि पहल गरेको छैन।