
झापा, १७ माघ– प्रहरीले भारतबाट ल्याउँदै गरेको लागुऔषधसहित झापामा एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर–१० आदर्श टोल बस्ने ३२ वर्षीय सन्तोष विश्वकर्मा रहेका छन ।
सोमबार राति भद्रपुर–५ मेचीपुलमा प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ साइकलमा आउँदै गरेको ती युवकलाई चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको थियो ।
विश्वकर्माको साथबाट डाईजापाम ८ एम्पुल, फेनारगन ७ एम्पुल र लेवल बिनाको ६ एम्पुल गरी जम्मा २१ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक वसन्त पाठकले बताएका छन । यसबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।