बजारमा अहिले औषधिहरू जथाभाबी बेच्ने काम भइरहेको छ: राज्यमन्त्री कार्की

काठमाण्डु टुडे २०७९ माघ १७ गते १५:३९ मा प्रकाशित

काठमाण्डु,१७ माघ– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोषिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरुको बिक्री भइरहेको बताएकी छन ।

उनले बजारमा विभिन्न खालका औषधिहरुको बिक्री भइरहेको भन्दै नियममन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको पनि बताएकी छन् ।

मंगलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।

उनले न्युट्रासेटिकल प्रोडक्टहरु, कस्मेस्युटिकल प्रोडक्ट्सहरु बजारमा आउनु भन्दाअघि डिडिएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको बताएकी छन ।

उनले बजारमा अहिले धेरै प्रकारका विज्ञापनहरुको आफूखुसी प्रयोग हुने र औषधिहरू पनि जथाभाबी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताएकी छन ।

उनले नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै कम्परमाइज गर्नु नहुने पनि बताएकी छन । उनले देश भित्रै औषधिहरुको उत्पादन हुने प्रबल सम्भावना रहेकाले त्यस सम्बन्धी खोज र अनुसन्धान अघि बढाउन आग्रह गरेकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us