रवि लामिछानेको नागरिकतासम्बन्धी फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय लिन्नँ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ माघ १७ गते १५:२१ मा प्रकाशित

काठमाण्डु,१७ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे कुनै निर्णय नगर्ने बताएका छन् ।

आज (मंगलबार) पार्टीको स्थायी कमिटी बैठकमा उनले यस्तो बताएका हुन । उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका छन ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ ।’

रवि लामिछानेले अमेरिकी नागरकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । त्यसपछि उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us