
काठमाण्डु,१७ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गृह मन्त्रालय आफूहरुले नै पाउनुपर्ने बताएका छन ।
गृह मन्त्रालयमा सभापति रवि लामिछानेलाई नै पठाउने वा अरु कसैलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताएका छन ।
उनले भने, ‘सभापतिलाई गृहमन्त्रीको रुपमा पठाउँदा के सजिलोरअप्ठेरो हुन्छ वा अरुलाई पठाउँदा के हुन्छ हामी निर्णय गर्छौं’ । गृह मन्त्रालय नपाउँदैमा सरकारबाट बाहिरिने भन्ने हल्ला सत्य नभएको पनि सहमहामन्त्री बुर्लाकोटीले बताएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय किन नदिने भन्ने प्रष्ट र बलियो कारण त दिनुपर्र्ने बताएका छन । सरकार गठन गर्दा दलहरुबीचको छलफलमा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाएकाले त्यसमा आफूहरुको अधिकार हुने उनले बताएका छन ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन कानुन अनुसार पुर्याउनुपर्ने प्रक्रिया पूरा नगरेका कारण सर्वोच्च अदालतको आदेशमा रास्वपाका सभापति लामिछानेले सांसद र गृहमन्त्री पद गुमाएका थिए ।
गत आइतबार नेपाली नागरिकता लिएपछि लामिछानले गृह मन्त्रालय फेरि आफूलाई दिन प्रधानमन्त्रीलाई दबाव दिइरहेका छन् ।