
काठमाण्डु,१७ माघ– नेकपा एकीकृत समाजवादी पार्टीले देशको आर्थिक संकट समाधान गर्न भन्दै सरकारलाई २० बुँदे ज्ञापन पत्र बुझाएको छ ।
एकीकृत समाजवादीले नोटबन्दी गरी अनौपचारीक क्षेत्रमा रहेको वा लुकाइएको पैसा अर्थतन्त्रको मुलधारमा ल्याउनुपर्ने सुझाब दिएको छ ।
अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गरियोस्’ समाजवादीले नेकपा (माओवादी केन्द्र)का अधयक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।
एकीकृत समाजवादीले नोटबन्दी गरेर अनौपचारीक क्षेत्रमा रहेको पैसा अर्थतन्त्रको प्रणालीमा ल्याउन सुझाव दिएको छ । यस्तै निक्षेपको ब्याजदर ४ प्रतिशत र कर्जाको ब्याजदर बढाीम ७ प्रतिशत कायम गर्नुपर्ने माग एकीकृत समाजवादीले बताएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको बचत तथा ऋण नीतिमा तत्काल सुधार गरी बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा बढीमा ४ प्रतिशत ब्याज दिन पाउने र ऋण प्रवाहमा बढीमा ७ प्रतिशत मात्रै ब्याज लिन पाउने व्यवस्था लागु गर्नुपर्ने माग राखेको छ ।
यस्तै सहकारी संस्थाहरुले निक्षेपमा बढीमा ८ प्रतिशत ब्याज दिन पाउने र कर्जा दिँदा बढीमा १२ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गर्न एकिृकत समाजवादीले माग गरेको छ ।
‘समस्याग्रस्त उद्योग तथा व्यवसायीले जरिमाना नतिरी कर तिर्ने सुविधा आगामी असार मसान्तसम्म प्रदान गरियोस् ।
भाखा नाघेका ऋणीहरुले लिएको ऋणको किस्ता र ब्याज तिर्ने अवधि अगामी असारसम्मलाई बढाइयोस्’ एकिकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।