
काठमाण्डु,१७ माघ– ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क बनेको ।
सार्वजनिक सूचकाङ्क अनुसार डेनमार्क सूचकाङ्कमा सबैभन्दा धेरै ९० अङ्क पाएर सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने नेपाल जम्मा ३४ अङ्क पाएर भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा रहेको छ ।
टीआईका अनुसार अघिल्लो वर्ष नेपालको स्थान ११७ औँ स्थानमा रहेकामा यो वर्ष केही सुधार भएपनि भ्रष्टाचार हुने मुलुकहरूको श्रेणीमै कायम रहेको टीआई नेपालले मंगलबार जारी गरेको रिपोर्टमा जानकारी दिएको छ ।