कमला ह्यारिसः बाइडेनको बोझ कि डेमोक्र्याटको भोलिको भरोसा ?

काठमाण्डु टुडे २०८२ असार १२ गते १४:२७ मा प्रकाशित

काठमाण्डू, १२ असार– गत बर्ष (०२४) मा भएको अमेरिकाको राष्ट्रपति निर्वाचनले अमेरिकी राजनीतिमा धेरै बहस, विवाद र विश्लेषणका आधारहरू तयार गर्‍यो । गत बर्षको राष्ट्रपति निर्वाचनमा ८१ वर्षीय राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस नेतृत्वको डेमोक्र्याटिक पार्टीले यो निर्वाचनमा हार बेहोर्नुपर्‍यो ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनसँगै बाइडेन–कमला जोडीले राष्ट्रपतीय दौडमा जनसमर्थन गुमाए । निर्वाचनको परिणामले केवल सत्ता हस्तान्तरण होइन, डेमोक्र्याटिक पार्टीभित्र गहिरो आत्मसमीक्षा र नेतृत्वको पुनः मूल्यांकनको आवश्यकता पनि देखाएको छ । त्यही सन्दर्भमा अहिलेको मुख्य बहसको विषय बनेकी छन्, कमला ह्यारिस ।

उपराष्ट्रपति कमला ह्यारिसले सन् २०२० मा ऐतिहासिक सफलता हात पार्न सफल भइन । उनी अमेरिका इतिहासमै पहिलो महिला उपराष्ट्रपति मात्र होइन, पहिलो अश्वेत र पहिलो दक्षिण एसियाली मूलकी उपराष्ट्रपति बनेर विश्व भर चर्चामा आएकी थिइन । उनको नाम चयन गर्नु स्वयंमा बाइडेनको समावेशी राजनीति प्रतिको प्रतिबद्धता थियो ।

सुरुवाती दिनहरूमा ह्यारिसप्रतिको उत्साह उल्लेखनीय थियो । कानुनी पृष्ठभूमि, युवामाझ लोकप्रिय ह्यारीलाई डेमोक्र्याटहरुले भविष्यको प्रतीकको रूपमा स्थापित गरिरहेका थिए । तर चार वर्षपछि अमेरिकाको परिस्थिति बदलियो । बाइडेन सरकारको आलोचना बढ्दै जाँदा, तीव्र मुद्रास्फीति, आप्रवासी संकट, अन्तर्राष्ट्रिय द्वन्द्व— जस्तै युक्रेन युद्ध र इजरायल–गाजाको हिंसात्मक टकराव लगायतका कारणले अमेरिकी अमेरिकी जनमानसमा असन्तुष्टि ह्वातै चुलियो ।

त्यही समयमा उपराष्ट्रपति कमलाको भूमिकालाई लिएर पनि प्रश्न उठ्न थाले । उनले आप्रवासन संकट समाधानको नेतृत्व लिएकी थिइन्, तर सिमानामा स्थिति झनै बिग्रिएको भनी आलोचना बढ्यो । उनलाई अनुभवहीन, मौन र निष्क्रिय उपराष्ट्रपति भन्दै रिपब्लिकनहरूले उनको आलोचना सुरु गरे । कमलाको सार्वजनिक उपस्थिति र वक्तृत्व कहिले काँही प्रस्ट नहुनु, निर्णय प्रक्रियामा अल्झिनु, र वाक्यप्रयोगमा असहज देखिनुले उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन थाले ।

तर यो विश्लेषण केवल आलोचनामा सीमित हुँदैन । डेमोक्र्याटिक पार्टीभित्रको नयाँ पुस्ता, विशेषतः महिलावादी, प्रवासी र अल्पसंख्यक समूहहरूले उनलाई अझै पनि भावी उम्मेदवारको रूपमा अधि सारिरहेका थिए । ह्यारिसको पहिचान स्वयं एक राजनीतिक सन्देश हो । उनले प्रतिनिधित्व गर्ने वर्ग अमेरिकाको बदलिँदो सामाजिक संरचनाको द्योतक हो ।

२०२४ को चुनाव परिणाम केवल बाइडेनको उमेर वा ह्यारीको कम अनुभवको प्रतिफल थिएन । यो पराजय अमेरिका भित्रको राजनीतिक थकान, जनजीवनमा सुधारको अपेक्षा र विपक्षी ट्रम्पको रणनीतिक पुनर्संयोजनको परिणाम थियो । बाइडेन–ह्यारी प्रशासनले जनतालाई सशक्त, स्पष्ट र प्रेरणादायी सन्देश दिन सकेन । यसको प्रभाव ०२४ को निर्वाचनमा निर्णायक राज्यहरूमा प्रत्यक्ष देखियो ।

विशेष गरी मिशिगन, विस्कन्सिन, पेनसिल्भेनिया, एरिजोना, र जर्जिया जस्ता निर्णयक राज्यहरूमा अपेक्षा गरेअनुसार समर्थन जुटाउन नसक्नु डेमोक्र्याटको हारमा निर्णायक रह्यो ।

यी राज्यहरूमा कमलाले चुनावी सभाहरू गरे पनि मतदातामाझ स्पष्ट सन्देश दिन नसक्नु र स्थानीय मुद्दा बुझ्न ढिलासुस्ती देखिनुले कमलालाई कमजोर साबित गर्यो ।

राष्ट्रपति निर्वाचनमा पराजय पछि कमलाः बाइडेनको बोझ कि डेमोक्र्याटको भोलिको भरोसा ?

चुनावपछि अबको बहस यतिमा केन्द्रीत भएको छ— के कमला ह्यारिस डेमोक्र्याटिक पार्टीको भविष्य हुन्रु वा उनी बाइडेनका कारण जनविश्वास गुमाउने नेता बन्न गइन्रु पार्टीभित्र पिट बुटेजेज, ग्याविन न्युसमजस्ता नेताहरूको नाम सक्रिय हुन थालेका छन् । यो प्रतिस्पर्धा कमलाका लागि चुनौती मात्र होइन, आफ्नो क्षमताको प्रमाण दिनुपर्ने निर्णायक घडी पनि हो ।

अब ह्यारिसका लागि पुनर्संयोजन आवश्यक छ । उनले आफ्नो प्राथमिकता शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, र महिला अधिकारतर्फ केन्द्रित गर्नुपर्छ। ती विषयहरूमार्फत उनले आफ्नो स्वतन्त्र पहिचान निर्माण गर्न सक्छिन्। उनको वक्तृत्व, मिडिया प्रभाव, र नीतिगत दृष्टिकोण अझ सशक्त बनाएर उनी फेरि अग्रपंक्तिमा आउन सक्छिन् ।

डेमोक्र्याटिक पार्टी आज दुई धारबीचमा बाँडिएको छ— एकातर्फ पुरानो पुस्ताको अनुभव र सन्तुलन, अर्कोतर्फ नयाँ पुस्ताको जोश र विविधता । कमला ह्यारिस ती दुईबीच पुल बन्ने सम्भावना बोकेकी नेतृ हुन् । उनी पुरानो शक्तिको निरन्तरता मात्र होइन, नयाँ सम्भावनाको प्रतीक पनि बन्न सक्छिन् । त्यसैले, उनी बाइडेनको बोझ थिइन् कि भविष्यको भरोसा ? उत्तर स्पष्ट छैन ।

तर उनीसँग अझै समय छ, जनसमूह छ, र पुनः उठ्ने सामर्थ्य पनि । राजनीति निरन्तर पुनर्निर्माणको प्रक्रिया हो— र कमला ह्यारिस त्यो पुनर्निर्माणको लागि तयार भएको बिश्लेषण हुनथालेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us