
काठमाण्डु,१६ माघ– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले अब बलिदान नभई देशका लागि योगदान गर्नुपर्ने बताएका छन ।
आज (सोमबार) काठमाण्डुको लैनचौरस्थित शहीद स्मृति पार्कमा शहीद दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले अब देशका लागि योगदान गरेर देखाउनु पर्ने बताएका छन । उनले शहीदहरुले भावी सन्ततिका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले उनीहरुको सपनालाई पूरा गर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको बताएका छन ।
उनले भने,‘शान्त, समृद्ध र विकसित नेपाल बनाउसके मात्रै अमर शहीदहरुको आत्माले शान्ति पाउने मेयर साहले बताए ।
‘अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएका छौं । यो दिनलाई मैले महत्वपूर्ण दिनका रुपमा लिएको छु ’ ।