
जनकपुर, १६ माघ– धनुषाबाट प्रहरी हिरासत तोडेर ६ थुनुवा फरार भएका छन् ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतमा रहेका उनीहरु भागेका हुन् । धनुषा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले राति हिरासतको पर्खाल फोडेर ६ कैदी फरार भएको जानकारी दिए ।
तीमध्ये दुई जना हातहतियार, दुई जना लागुऔषध र दुई जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएकाहरु थिए । फरार भएका थुनुवाहरुको खोजी जारी रहेको क्षेत्रीले बताए ।