
काठमाण्डु, १६ माघ– सुदूरपश्चिम प्रदेशका केही स्थानमा र कर्णाली प्रदेशका एकदुई स्थानमा आज हल्का वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षात र हिमपात हुन लागेको हो ।
महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बाँकी प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीको अवस्था छ ।