देशको राजनीति भद्रगोल र डामाडोल हुन लाग्यो: कमल थापा

काठमाण्डु टुडे २०७९ माघ १५ गते १६:३२ मा प्रकाशित

काठमाण्डु,१५ माघ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको राजनीति भद्रगोल र डामाडोल भएको बताएका छन ।

पार्टीको संगठन बिभागद्वारा आज काठमाण्डुमा आयोजित उपत्यका स्तरीय संगठन सुदृढीकरण अभियानको तयारी बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।

थापाले चुनाव सकिएर नयाँ सरकार गठन भएको केही महिना नबित्दै जनतामा बितृष्णा देखिनुलाई शुभ संकेत नभएको बताएका छन ।

शान्ति र समृद्धिको आम जनताको चाहना पूरा हुनेमा जनतामा आशंका सुरु भएको भन्दै थापाले हिन्दु राष्ट्रको पुनर्स्थापना, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्याको समाधान र सुशासनको निमित्त जनता सडकमा ओर्लिनु पर्ने बताएका छन ।

सबै राजनीतिक दल र शक्ति सत्ता केन्द्रित फोहरी खेलमा लिप्त हुँदा जनतामा चरम असन्तुष्टि बढेको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us