
काठमाण्डु,१५ माघ– काठमाण्डुको स्वयम्भूमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मूत्यु हुनेमा स्कुटर चालक काठमाण्डु महानगरपालिका–२४ बस्ने ५५ वर्षीय नरेन्द्रमुनी बज्राचार्य रहेका छन ।
काठमाण्डु महानगरपालिका–१५ स्वयम्भू चमतीमा प्रदेश प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको ट्याङ्करले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बज्राचार्यको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका बज्राचार्यको महमोहन अस्पताल स्वयम्भूमा उपचारका क्रममा गएराति मृत्यु भएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन ।
दुर्घटनामा सङ्लग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता भट्टले जानकारी दिए ।