राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नछाड्ने

काठमाण्डु टुडे २०७९ माघ १५ गते १५:२८ मा प्रकाशित

काठमाण्डु,१५ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ । सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो ।

लामिछानेले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने राष्ट्रिय स्वतन्त्र पार्टीले बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भागवण्डामा गृहमन्त्रालय पाएको बताउँदै प्रवक्ता मुकुल ढकालले भने, ‘त्यो मन्त्रालय हाम्रो पार्टीले पाएको हो ।

त्यसकारण हाम्रो गृहमन्त्रालयमा दाबी रहन्छ ।’ गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कसलाई पठाउने भनेर तय गरिसकेको छैन । ‘गृहमा हाम्रो दाबी रहन्छ ।

तर, अहिले कसलाई पठाउने भन्ने विषयमा छलफल भइसकेको छैन्,’ ढकालले भने, ‘यस विषयमा सत्ता गठबन्धनका दलसँग पनि छलफल हुन्छ ।’

त्यसो त गैरसांसदलाई पनि ६ महिनाका लागि मन्त्री बनाउन सकिने प्रावधान छ । मन्त्री बनाइएका गैरसांसद ६ महिनाभित्र संघीय संसदको सदस्य बन्न नसकेमा भने पद मुक्त हुने छन् ।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पनि गृहमन्त्रालयमा रास्वपाको दाबी कायमै रहने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us