रवि लामिछानेलाई आजै पार्टी सभापति बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको तयारी

काठमाण्डु टुडे २०७९ माघ १५ गते १५:०७ मा प्रकाशित

काठमाण्डु,१५ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । १३ माघमा सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन ।

रवि नागरिकताका लागि अहिले जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा रहेका छन । उनले भने, ‘नागरिकता लिएर फर्किने बित्तिकै उहाँलाई पार्टी सभापति घोषणा गरिन्छ ।’ रविलाई पार्टी सभापति घोषणा गर्न ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिको बैठक बोलाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us