
काठमाण्डु,१५ माघ– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संचार जगतले देशको अवस्था परिवर्तनका मुद्दामा अग्रसर हुनुपर्ने बताएका छन ।
प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएको बताएका छन ।
उनले भने– ‘अहिलेको माग भनेकै अवस्था परिवर्तनको हो, त्यतातर्फ हामी सबै केन्द्रित हुनुपर्ने देखिन्छ।’ शर्माले सञ्चार जगतले समस्या मात्र नभई समस्याको समाधान गर्नतर्फ केन्द्रीत हुनुपर्ने पनि बताएका छन ।
शर्माले आफु कर्णालीका जनताको कामदार भएको बताए। ‘म कामदार हुँ, म कामदारलाई सहि तरिकाले काम दिनुहुने छ, साथै कर्णाली समृद्धिको अभियानमा पत्रकारिता जगतले सहयोग गर्नेछ ।