जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

काठमाण्डु टुडे २०७९ माघ १५ गते १२:३३ मा प्रकाशित

काठमाण्डु,१५ माघ– प्रहरीले काठमाण्डु महानगरपालिका–९ सिनामंलगस्थित बाल्टिन होटलबाट तास खेलिरहेको अवस्थामा १० जना पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ४१ वर्षीय केदार खड्का समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाण्डु महानगरपालिका–९ बिजयचोकबाट पनि तास खेलिरहेको अवस्थामा कपन बस्ने अछाम साफे नगरपालिका–४ घर भएका ४० वर्षीय निरज शर्मा समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँमा कोठा भाडा लिई निरज शर्माले जुवातास खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी बृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८९ हजार ४ सय ८० रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरीएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us