श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

काठमाण्डु टुडे २०७९ माघ १५ गते १२:०० मा प्रकाशित

भोजपुर,१५ माघ– प्रहरीले भोजपुरबाट श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ४१ वर्षीया श्रीमती गंगा श्रेष्ठको हत्या गरेको अभियोगमा अरुण गाउँपालिका–२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञान बहादुर श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ज्ञान बहादुरले मादक पदार्थ सेवन गरी सामान्य विबादको कारण आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरि खाडलमा पुरेको भन्ने सूचना प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय भोजपुर, ईलाका प्रहरी कार्यालय तिवारिभन्ञ्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us