घर भित्रै हात खुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला

काठमाण्डु टुडे २०७९ माघ १५ गते ११:५० मा प्रकाशित

गुल्मी,१५ माघ– गुल्मीमा गएराति एक जना महिलाको हत्या भएको छ । मुसिकोट नगरपालिका –७ कि ५७ वर्षीया गङ्गादेवी शेरचनको शव घर भित्रै हात खुट्टा बाँधिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी प्रमुख गुल्मीका एसपी अर्जुन रानाभाटले ती महिलाको शव हातखुट्टा बाँधेको अवस्थामा भेटिएको जानकारी आएपछि आफूहरु त्यसतर्फ जान लागेको जानकारी दिएका छन ।

घटना स्थलमा पुगेर थप अनुसन्धानपछि मात्र मृत्युको कारण पुष्टि गर्ने उनले बताएका छन । वडाध्यक्ष हरिहर सापकोटाका अनुसार मृत्यु भएकी महिलाको विवाह भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us