इरानको हतियार निर्माण गर्ने केन्द्रमा ड्रोन हमला

काठमाण्डु टुडे २०७९ माघ १५ गते १०:३९ मा प्रकाशित

काठमाण्डु, १५ माघ– इरानमा सैनिक हतियार निर्माण गर्ने एक कम्पनीमा विस्फोट भएको छ ।

इरानको मध्य भागमा रहेको इस्फहान शहरस्थित सैनिक इलाकामा विस्फोट भएको त्यहाँका सरकारी सञ्चार माध्यमले जनाएका छन् । तर, त्यहाँको रक्षा मन्त्रालयले भने मानवरहित ड्रोनबाट हमला गरिएको भन्दै त्यसको निन्दा गरेको छ ।

तीनवटा ड्रोनबाट आक्रमण गरिएको र तीमध्ये एउटा ड्रोन एअर डिफेन्स सिस्टमले ध्वस्त पारेको दाबी रक्षाका अधिकारीले गरेका छन् । हमलामा कुनै मानवीय क्षति भने भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us