अमेरिकी उपविदेशमन्त्री नेपाल आउँदै

काठमाण्डु टुडे २०७९ माघ १५ गते १०:२१ मा प्रकाशित

काठमाण्डु, १५ माघ– अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदै छिन् ।

उनी अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

दुई दिने नेपाल बसाइका क्रममा नुल्याण्डले प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us