रवि लामिछानेको राजीनामाबारे नेम्बाङले भने : आत्तिनुपर्ने अवस्था छैन

काठमाण्डु टुडे २०७९ माघ १४ गते १७:०४ मा प्रकाशित

काठमाण्डु ,१४ माघ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलापछि पद त्याग गर्नुपरेकोबारे आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।

सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले हरेक समस्या संविधान अनुसार नै समाधान हुन सक्ने बताए । उनले शनिबार शहिद दिवसको अवसर पारेर नेकपा (एमाले)ले पार्टी केन्द्रीय कार्यालय च्यासलस्थित शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए।

उनले रवि लामिछानेको मुद्दामा अदालतले गरेको फैसलाले सरकारमा समस्या नआउने संकेत गरेका छन।जनताले बनाएको यो संविधान अन्तरगत हामी राजनीतिक दलहरूलाई यसलाई एउटा टुंगोमा पुर्यांउन सक्षम छौं।उनले भने यी सबै घटनाक्रमहरूलाई स्वभाविक हुन्। यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन। यसरी सिर्जना हुन सक्ने अवस्थालाई नै मध्यनजरमा राखेर संविधान बनाएको उनले बताए।

यस्ता कुराहरु उत्पन्न हुन्छन्। त्यो अवस्थालाई हामी सम्बोधन गर्छौं भनेर सोचेरै यो संविधान बनाइएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन पुर्यायउनुपर्ने प्रक्रिया पूरा नगरेको घटनामा सर्वोच्च अदालतले उनको सांसद पद खारेज हुने फैसला गरेको थियो ।

फैसला सगै उनी गृहमन्त्रीबाट पनी पदमुक्त भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us