
काठमाण्डु, १४ माघ- धनुषामा पेस्तोलसहित प्रहररीले दुई जना पक्राउ परेका छन् ।
पक्रउ पर्नेमा स्थानीय २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतो रहेका छन। शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दियको छ।
गत माघ १२ गते साँझ विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनीहरुलाई पेस्तोलसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दियको छ। उनीहरुको साथबाट माउजर पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड गरिएको २ थान गोली बरामद गरिएको प्रहरी कार्यालय धुनषाका प्रमुख एसपी विश्वराज खड्काले बताए। घटनाबाररे प्रहरीले थप अनुसन्धान गरीरहेको छ।