सर्भरमा समस्या आउँदा नेपाल सरकारका सबै वेबसाइट डाउन

काठमाण्डु टुडे २०७९ माघ १४ गते १५:४२ मा प्रकाशित

काठमाण्डु १४ माघ शनिबार सर्भरमा समस्या आउँदा नेपाल सरकारका सबै वेबसाइट डाउन भएका छन् ।

नेपाल सरकार मातहतमा रहेको ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरु एकैपटक डाउन भएका हुन् । सरकारी मन्त्रालय, विभाग, प्राधिकरण लगायत सम्पूर्ण सरकारी संस्थान तथा विभागहरुको वेबसाइटमा समेत समस्या देखिएको छ ।

नेपाल टेलिकम, एनसेल र ब्रोडब्याण्ड इन्टरनेटमा समेत वेबसाइट खुलेका छैनन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार प्राविधिक कारणले केही समय सरकारी वेबसाइट बन्द भएको बतायको छ। सरकारी वेबसाइट नखुल्दा त्रिुभवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत रोकिएको छ ।

समस्या आधा घण्टाभित्र समाधान गर्ने गरी काम भइरहेको केन्द्र ले जानकारी दियको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us