
काठमाण्डु ,१४ माघ -पर्सामा ट्याक्टरले ठक्कर दिदा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा जगरनाथपुर गाँउपालिका–५ चिलझप्टीका २५ वर्षीय विजय मुखिया विन रहेका छन। उनलाई शुक्रबार साँझ साढे ७ बजे हुलाकी सडकखण्ड अन्तर्गत जिराभवानी–१ स्थित पवित्रा आयल अगाडि ना ३ त २२८७ नम्बरको ट्याक्टरबाट अचानक खसेका विजयलाई बीच भागको ठूलो चक्काले किचेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भयाका उनलाइ उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पुर्यालइएको थियो । उनको उपचारको क्रममा राति साढे ८ बजे मृत्यु भएको घोषणा गरेको हो । प्रहरीले ट्याक्टर सहित चालक जिराभवानी गाउँपालिकामै बस्ने ४२ वर्षका भोला यादवलाई नियन्त्रणमा लीयको छ।