
एजेन्सी -भारतीय वायुसेनाका दुई लडाकु विमान मध्य प्रदेशको मोरेना जिल्लामा दुर्घटनाग्रस्त भएका छन् ।
वायुसेनाका सुखोई ३० र मिराज २००० लडाकु विमान दुर्घटना भयको मोरेनाका जिल्ला प्रहरी उपरीक्षक आशुतोष बागरीले पुष्टि गरेका हुन। विमान दुर्घटनाको कारण भने स्पष्ट भइनसकेको बताएका छन।विमान हावामा एकअर्कासँग ठोक्किएका हुन् वा होइनन् भन्ने स्पष्ट छैन ।
’तर दुवै विमान ठोक्किएपछि दुई फरक ठाउँमा खसेको अनुमान गरिएको छ।एउटा विमान मध्यप्रदेशको मोरेनाको पहाडगढमा र अर्को राजस्थानको भरतपुरको पिङगोरामा दुर्घटना भएको बताइएको छ।
दुर्घटना हुनुअघि भारतीय वायुसेनाका दुईवटा लडाकु विमान ग्वालियर विमानस्थलबाट उडेका थिए।’दुर्घटनामा परेका लडाकु विमानबाट दुई जना पाइलटले आफूलाई विमानबाट अलग गरेको तर तेस्रो पाइलटको जानकारी पाउन नसकेको बतायको छ।