त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडान र अवतरण रोकियो

काठमाण्डु टुडे २०७९ माघ १४ गते १४:४८ मा प्रकाशित

काठमाण्डु ,१४ माघ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा एक घण्टादेखि विमान उडान र अवतरण बन्द भएको छ ।

उडान र अवतरण बन्द हुदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरु विमानस्थलमा नै अलपत्र परेका छन् ।त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार सर्भर डाउन हुँदा अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज र यहाँ अवतरण हुने जहाज दुबै रोकिएको छ।

फ्लाई दुबई, इन्डिगो एयर एयर इन्डिया लगायत ५र६ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको कार्यालय स्रोतले जनाएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको अध्यागमन विभागले जनायको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us