
काठमाण्डु ,१४ माघ -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी सम्माल्ने भयका छन ।
शनिबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी गृहमन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहाललाई दिइएको बतायको छ। शनिबार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई गृहमन्त्रालयको कार्यभार तोकेको जानकारी दिएको हो।
विज्ञप्तिमा गृहमन्त्री रवि लामिछानेले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएकाले गृहमन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहाललाई दिइएको उल्लेख छ ।लामिछानेलाई सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेसगै शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका थिए ।