रवि लामिछानेका समर्थनमा काठमाण्डुमा प्रदर्शन

काठमाण्डु टुडे २०७९ माघ १४ गते १३:५९ मा प्रकाशित

काठमाण्डु, १४ माघ -शुक्रबार रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा आज काठमाण्डु मा प्रदर्शन भएको छ ।

सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनका समर्थकहरूले प्रदर्शन गरेका हुन। प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका छन् ।

उनीहरुले काठमाण्डुको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । रबीका सर्मथकले बानेश्वरमा पुगेर कोण सभा गरेका छन्।

शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद का लागी अयोग्य ठहर गरेको थीयो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us