
काठमाण्डु ,१४ माघ- नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने बताएका छन् ।
आज प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बतायका हुन ।उनले सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र त्यसमा राष्ट्रिय सहमति कायम गर्न कांग्रेस पनि सहभागी हुन सक्ने बतायका छन।
उनले कांग्रेसले प्रधान्मन्त्रीलाई विश्वासको मत दिएर धमिलो खोलामा माछा मार्न खोजेको बताउँदै पद साट्न र सत्ता मोहको पछि लाग्दा काँग्रेस असल प्रतिपक्ष समेत बन्न नसकेको आरोप समेत लगाय।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्न कांग्रेसलाई पनि सहमतीमा ल्याउन सक्ने उनले बताए ।