भारतीय एक अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँचको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ १४ गते १२:१७ मा प्रकाशित

एजेन्सी -भारतको पूर्वी राज्य झारखण्ड स्थीत एक निजी अस्पतालमा आगलागी भयको छ।

उक्त आगलागी परी पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् । आगोमा परेर अस्पतालतका सञ्चालक डाक्टर, उनकी श्रीमती, एक जना कामदार र दुई जना आफन्तको मृत्यु भएको बतायको छ ।

धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा आज बिहान करिब २ बजे आगो सल्केको थियो । आगो अस्पतालको दोस्रो तलामा फैलिएको थियो ।

धुँवाले भरिएको र अक्सिजनको अभावमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us