
काठमाण्डु ,१४ माघ -नक्कली प्रहरी बनेर ठगी गर्ने एक व्यक्ति लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।
प्क्राउ पर्नेमा मस्र्याङदी गाँउपालिका १ घनपोखराका ३५ वर्षिय जीवन गुरुङ रहृका छन । गुरुङले विभिन्न स्थानमा आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगादिने, प्रहरीमा परेका केशहरु मिलाईदिने भनी ठगिगर्दै हीडेको प्रहरीको आरोप छ। उनलाइ जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोली यहि माघ १० गते पोखराबाट पक्राउ गरेको हो ।
बेसीशहरमा डेरा गरि बस्ने उनले जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय र कृषि ज्ञान केन्द्रमा जागिर लगाइदिने र म प्रहरी हुँ प्रहरीमा भएको केशहरु समेत मिलाईदिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेका उजुरी परेको थीयो ।
गुरुङले विभिन्न महिलाहरुसंग रु ७ लाख १७ हजार पाच सय रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । गुरुङ विरुद्ध प्रहरीमा परेपछि लमजुङको प्रहरी टोलीले पोखरामा लुकिछिपि बसेको अवस्थामा प्रक्राउ गरेको प्रहरी जानकारी दियको छ।
गुरुङलाई जिल्ला अदालत लमजुङबाट ठगी सम्वन्धी कसुरमा पाँच दिनको म्याद थप गरि अनुसन्धान थालिएको प्रहरी कार्यलय लमजुङले बतायको छ।