रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारलाई जवाफ: म एक अनागरिकलाई तपाईंहरू के प्रश्न सोध्नुहुन्छ?

काठमाण्डु टुडे २०७९ माघ १३ गते १९:१३ मा प्रकाशित

काठमाण्डु,१३ माघ- सर्वोच्च अदालतको फैसला सगँै सांसद पद बदर भयपछी रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएका छन्।

शुक्रबार सर्वोच्च अदालतको फैसला सगँ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको फैसलाबारे प्रश्न सोधेका थिए। उनले जवाफमा आफू अब अनागरिक भइसकेको बताए।

म एक अनागरिकलाई तपाईंहरू के प्रश्न सोध्नुहुन्छ,’?उनले भने अब के गर्नुहुन्छ भन्ने अर्को प्रश्नमा उनले एउटा अनागरिकले के गर्छ भन्ने मलाई थाहा छैन भने उनले सर्वोच्चको फैसलाको स्वागत गर्ने बतायका छन। ‘सर्वोच्चको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु’, उनले भने, ‘सर्वोच्च भन्दा माथिल्लो निकाय पनि कुनै छ र ?

अदालतको फैसलापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us