रविलामिछानेको मन्त्री र पार्टीको सभापति पद स्वत: खारेज

काठमाण्डु टुडे २०७९ माघ १३ गते १८:४९ मा प्रकाशित

काठमाण्डु, १३ माघ -उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले फैसला पछी उनको मन्त्री पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद स्वतस् खारेज हुने भएको छ।

लामिछानेको नागरिकता कायम नरहेपछि उनी कुनै पनि दलको सभापति त के सदस्य पनि रहन अयोग्य ठहरीयका छन। नेपालको संविधानअनुसार कुनै पनि दलको सदस्य वा सांसद हुन नेपाली नागरिक हुनु अनिवार्य छ। त्यस्तै सांसद र मन्त्री हुन पनि अयोग्य भएका छन्।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिक हुन अयोग्य व्यक्ति पार्टी सभापति नहुने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद रिक्त भएको बतायका छन। नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद बदर गरेको छ।

रवि लामिछाने अदालतको व्याख्याले यतिबेला नागरिकताविहीन बनेका छन्। पार्टी दर्ता गर्दा लामिछानेले पेश गरेको नागरिकता मान्य नहुने भएपछि उक्त पार्टीको सभापति पद समेत रिक्त भएको छ,’ थपलियाले बतायका छन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us