रवि लामिछानेको सांसद पद खारेज

काठमाण्डु टुडे २०७९ माघ १३ गते १८:२२ मा प्रकाशित

काठमाण्डु, १३ माघ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले फैसला सुनाउँदै उनी प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरेको छ।

फैसलासँगै लामिछानेको सांसद पद खारेज भएको छ। शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकतापुन प्राप्तिका लागि प्रक्रिया पूरा नगरेका कारण उनी सांसद हुन अयोग्य रहेको फैसला गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us