
काठमाण्डु १३ माघ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा जारी छ।
बैठकमा समसामयिक तथा राजनीतिक परिस्थितिबारे छलफल छलफल भइरहेको छ । निर्वाचन समीक्षा र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न बोलाइएको माओवादी बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे ‘ब्रिफिङ’ गरेका थिए ।
बैठकमा उपाध्यक्ष तथा पार्टी एकताका लागि गठित कार्यदलका संयोजक कृष्णबहादुर महराले पछिल्लो प्रगतिबारे जानकारी गराएका छन् । बैठकमा गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीभित्र असहयोग र अन्तर्घात गर्नेहरुमाथि छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने प्रस्ताव नेताहरुले गरेका छन् ।’
यसअघि माओवादी केन्द्रले नेता टंक राईको संयोजकत्वमा गठन गरेको छानबिन समिति त्यसै सेलाएको थियो ।