
काठमाण्डु, १३ माघ- गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले आजै फैसला सुनाउने तयारी गरेको छ।
संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरु खाजापछि छलफलमा जुटेका हुन् । संवैधानिक इजलासका सबै न्यायाधीश छलफलमा जुटेकाले केही न केही आउँछ ।’ अदालत स्रोतले भन्यो।
‘विस्तृत नआए पनि संक्षिप्त आदेश र ठहरको व्यहोरा सहितको निर्णय सर्वाजनिक हुनेछ ।’गत बुधबारदेखि सुरु भएको अन्तिम सुनुवाइ नसकीयपछी आजका लागि हेर्दाहेर्दैमा राखिएको थीयो। अदालतमा गत बुधबार नै सबै लिखित जवाफ, बहसनोट र लामिछानेको नागरिकता छानबिनका कागजात पेश भइसकेको छ ।