
काठमाण्डु, १३ माघ- उपप्रधान एंवम गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको बहस सकिएको छ ।
शुक्रबार संवैधानिक इजलासमा लामिछानेका वकिलहरूले बहस र रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो। संवैधानिक इजलासमा आज रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरु आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका छन् ।
भने निवेदकको पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जवाफी बहस गरेका छन। यससँगै अहिले न्यायाधीशहरू फैसलाबारे छलफल गरिरहेका छन्।