
काठमाण्डु ,१३ माघ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय १ थान राहदानी र चारित्रिक प्रमाणपत्रसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका–३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका–७ घर भएकी ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेको प्रहरीले बतायको छ।
उनीहरुले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको राहदानी र चारित्रिक प्रमाणपत्र बिहीबार दिउँसो प्रहरीले २ जनालाई पक्राउ गरेको हो । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाण्डु बाट भरतको दिल्ली जान लागेका उनीहरूको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पछाडि ब्यागेज एरियामा एक्सरे गर्ने क्रममा लगेजबाट शङ्कास्पद रूपमा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेको थियो ।
प्रहरीले सोधपुछको क्रममा उक्त राहदानीहरू रोमानियामा भिसा स्ट्याम्पिङ गर्नको लागि लान लागेको भनी उनीहरुले वैदेशिक रोजगार विभागबाट जारी भएको भिसा स्ट्याम्पिङ निर्णय फाराम पेस गरेकोमा उक्त फाराममा उल्लेखित विवरण भएको राहदानीहरू र निजहरूको साथबाट बरामद भएको राहदानीहरूको विवरण फरक पर्न आएको बतायको छ ।