
काठमाण्डु ,१२ माघ- सीता एयरले दाङ एयरपोर्टमा परीक्षण उडान गर्ने भएको छ।
दाङको टरिगाउँ एयरपोर्टमा सीता एयरले शुक्रबार परीक्षण उडान गर्ने भएको हो। यो एयरपोर्ट घाँसे मैदान छँदा पहिले पनि सीताले टरिगाउँ एयरपोर्टमा उडान गरेको थियो।हाल यो एयरपोर्टमा नेपाल एयरलाइन्सको ट्विनअटर विमानले हप्तामा चार दिन उडान भर्दै आएको छ।
सीताको १९ सिटे चार डोर्नियर जहाजले शुक्रबार दिउँसो एक बजे परीक्षण उडान गर्न लागेको हो। तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बिमल रिजालको पहलमा सीताले फेरि टरिगाउँ एयरपोर्टमा उडान सुरू गर्ने गरि परीक्षण उडान गर्न थालेको बतायको छ।
टरिगाउँ एयरपोर्टका विमानस्थल प्रमुख गणेश आचार्यले सीताले शुक्रबार गर्ने भनिएको परीक्षण उडान बारे जानकारी आएको बताए।अफिसियल रूपमा लेटर आइपुगेको छैन,’ उनले भने ‘ आज बेलुका बिमान कम्पनीले सेडुययल पेश गर्ने र भोलि बिहान मात्रै त्यसको मलाई आधिकारीक जानकारी हुनेछ उनले भने।
निजी विमान सेवा कम्पनीले उडान गरे हवाई भाडा घट्ने आशा गरिएको छ। हाल दाङदेखि काठमाण्डुको भाडा न्यूनतम ९ हजारदेखि अधिकतम १२ हजारसम्म छ।