
काठमाण्डु ,१२ माघ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार दिउँसो बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक विषय र अरु दलसँगको एकता प्रक्रिया र सरकारका काम कारबाही लगायत विषयमा छलफल हुने बतायको छ।