काठमाण्डु महानगरले हटायो मापदण्डविपरीतका ९ हजार होर्डिङ बोर्ड

काठमाण्डु टुडे २०७९ माघ १२ गते १४:५३ मा प्रकाशित

काठमाण्डु ,१२ माघ- काठमाण्डु महानगरपालिकाले हाल सम्म ९ हजार अनधिकृत होर्डिङ बोर्ड हटाएको छ।

तोकिएको आकारभन्दा ठूलो साइजका तथा मापदण्ड रहेका तर शुल्क नबुझाएका बोर्ड तथा परिचय पाटी हटाइएको हो। माहानगरले गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो।

जस्मा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैं व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो। तर तोकिएको समय सकिएपछि कात्तिक २७ गतेदेखि अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो। दुई महिनाको अवधिमा सो संख्यामा बोर्ड हटाइएको हो।

यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइने बतायको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us