
काठमाण्डु ,१२ माघ- नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले घनश्याम भूसाललाई पार्टी महासचिवको जिम्मेवारी दिने भएको छ ।
हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर हालै पार्टी प्रवेश गरेका नेता भूसाललाई महासचिव बनाउन लागिएको एकीकृत समाजवादीका एक पदाधिकारी बतायका छन। चुनावअघि एमाले त्यागेका भूसाल २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
तर यसको औपचारिक निर्णय भने २१–२२ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट हुने छ ।