
काठमाण्डु ,१२ माघ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
शुक्रबार प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।आजको भेटवार्ता मा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ।
दुई दिनअघि पनि ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो।