निरन्तर हिमपात का कारण जुम्लामा हवाई सेवा बन्द

काठमाण्डु टुडे २०७९ माघ १२ गते ११:४७ मा प्रकाशित

काठमाण्डु ,१२ माघ- निरन्तर परेको हिमपात का कारण जुम्लामा हवाई सेवा बन्द भएको छ ।

मंगलबारदेखि हिमपात भएपछि धावन मार्गमा हिउँ जमेको छ । जस्का कारण विमान अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आज जुम्लामा मौसम सफा छ । तर मंगलबारदेखि निरन्तर परेको हिमपात का कारण धावन मार्गमा हिउँ जमेको छ।

नेपालगञ्जदेखि जहाज आउने तयारी अवस्थामा भएकोले धाममार्ग खुलाउन लागिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले जानकारी दिए । आज बिहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन नेपाली सेना २४ नम्बर बाहीनीका बाहिनीपति सोवेन्द्रसिंह महत, नन्दाबक्स गणका गणपति रविन थापा खटिएका छन् ।

यस्तै प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केसरी पनि विमानस्थलमा पुगेका छन्। तीन दिनदेखि हिउँपरेर नेपालगञ्जमा जुम्ला आउने यात्रुहरु अलपत्र परेका छन् । करिब चार वटा जहाँजका यात्रुहरू अहिले नेपालगञ्जमा जुम्ला आउन कुरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us