पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ १२ गते ११:३० मा प्रकाशित

काठमाण्डु ,१२ माघ- पाल्पामा गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपाने रहेका छन। न्यौपानेको गयराती तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको ना. ८ ख ७९२४ नम्बरको टिपर दुर्घटना हुँदा मृत्यु भएको हो ।

टिपर सडकबाट करिब एक हजार तीन सय मिटर तल खसेको छ। दुर्घटनापश्चात् खोततलास गर्ने क्रममा न्यौपानेको शव आज बिहान तिनाउ खेलामा फेला परेको हो । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us